सहकारी ऐन कार्यान्वयनमा महासंघकै अवरोध


  • Himalayan Bank Limited (HBL)
सहकारी ऐन कार्यान्वयनमा महासंघकै अवरोध

काठमाडौं । सहकारी संस्थाहरूको अभिभावक निकाय राष्ट्रिय सहकारी महासंघले सहकारी ऐन कार्यान्वयनमा असहयोग गरेको छ । ऐनमा आफू अनुकूल नभएका प्रावधानलाई अव्यावहारिक भएको व्याख्या गर्दै महासंघले कार्यान्वयनको विरोध गरेको हो ।

संघीय सहकारी विभागले असार १९ गते सहकारी ऐन–२०७४ को दफा ४१ को उपदफा ५ मा भएको दोहोरो पदसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न निर्देशन जारी गरेको थियो । ऐनमा कुनै व्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था छ । विभागको निर्देशनमा ३० दिनभित्र एउटा मात्र संस्थाको सञ्चालक पद कायम राखेर अन्यको हकमा त्याग्न भनिएको छ ।

विभागले निर्देशन जारी गरेपछि एक सातामै राष्ट्रिय सहकारी महासंघले असार २५ गते रजिष्ट्रार पिताम्बर घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै उक्त व्यवस्था कार्यान्वयन गर्न नसकिने जानकारी गराएको छ । विभागको निर्देशनले प्रारम्भिक संस्था तथा संघहरूमा बीचमै नेतृत्व छोड्दा अन्योल सृजना भई सहकारी अभियान सञ्चालन तथा व्यवस्थापनमै असर पर्न सक्ने महासंघको ज्ञापनपत्रमा उल्लेख छ । यसले विद्यमान असहज अवस्थामा थप समस्या ल्याउन सक्ने भन्दै महासंघले उक्त निर्देशन तत्काल कार्यान्वयन नगर्न विभागलाई आग्रह गरेको छ ।

Read More