जानौ तपाइको साउन महिनाको आर्थिक राशिफल कस्तो रहेको छ ?


  • Himalayan Bank Limited (HBL)
जानौ तपाइको साउन महिनाको आर्थिक राशिफल कस्तो रहेको छ ?

वि. सं. २०८१ साल साउन महिनाको मासिक राशिफल

मेष                            
मेष राशि हुनेहरुको लागि साउन महिना सामान्य रहनेछ । महिनाभरि नै सूर्यको गोचर चौथो स्थानमा रहने भएकाले शत्रुहरुले काममा समस्या गर्न सक्ने भएकाले ध्यान दिनुपर्ने छ। शारीरिक असक्ततताले गर्दा भने काममा पूर्ण रुपमा ध्यान नजान सक्छ। कामका क्षेत्रमा गरिएको मेहनतको सामान्य परिणाम मिल्न सक्नेछ। मानसिक चिन्ता बढ्न सक्छ।

वृष 
साउन महिनाभर सूर्य वृष राशिबाट तेश्रो स्थानमा रहनेछ । यो सूर्यको गोचर वृष राशिका व्यक्तिहरुको लागि राम्रो रहन सक्छ । आर्थिक क्षेत्रमा सुधार हुनका साथै आम्दानीमा पनि वृद्धि हुनेछ । रोकिएका आर्थिक कारोबारहरु सफल हुनेछन् ।
काममा ध्यान दिन नसक्दा समस्या आउन सक्ने भएकाले काममा लगनशील भएर लाग्नुपर्नेछ।  

मिथुन 
मिथुन राशि हुनेहरुको लागि साउन महिना राम्रो रहनेछ । आम्दानीका नयाँ स्रोत खुल्ने छन् । नोकरीमा पदोन्नति र व्यवसायमा सफलता र प्रगति हुन सक्ने र नयाँ कामको सुरुवात हुन सक्ने समय रहेको छ । राज्य वा सामाजिक क्षेत्रबाट मानसम्मान मिल्न सक्ने रहेको छ। आम्दानीमा वृद्धि हुन सक्ने समय रहेको छ।  

कर्कट 
कर्कट राशिको लागि साउन महिना मध्यम छ । आम्दानी र खर्च बराबर हुन सक्ने भएकाले खर्चमा नियन्त्रण गर्नुपर्ने छ। व्यवसायमा प्रगति गर्न सक्ने र नोकरीमा पनि उन्नति हुन सक्ने समय रहेको छ। नयाँ कामको थालनी गर्न सक्ने योग रहेको छ। पारिवारिक सहयोग पनि मिल्न सक्छ।   

सिंह
सिंह राशि हुनेहरुको लागि साउन महिना राम्रो हुनेछ । व्यवसायको क्षेत्र विस्तार हुनुका साथै नयाँ लगानीको अवसर मिल्न सक्छ।  राम्रो सोचविचार र उचित मेहनतले काम गर्दा सोचेअनुसारको सफलता मिल्न सक्नेछ। आर्थिक क्षेत्रमा पनि प्रगति हुन सक्ने र सन्तुष्टि मिल्न सक्ने छ।  खर्च बढ्न सक्ने रहेकाले सचेत रहनुपर्नेछ। नयाँ लगानीको लागि उचित समय रहेको छैन। 

कन्या 
कन्या राशि हुनेहरुका लागि साउन महिना राम्रो छ । आर्थिक क्षेत्रमा रहेका बाधाहरु हट्नुका साथै आम्दानीमा वृद्धि हुन सक्ने रहेको छ। गरेका कामहरुबाट सफलता मिल्न सक्नेछ भने काममा नया अवसरहरु पनि मिल्न सक्ने समय छ।  व्यवसायको वृद्धि हुनुका साथै उचित लाभ पनि मिल्न सक्ने समय छ । दीर्घकालीन लगानीको क्षेत्रमा गरिएको लगानीले उचित प्रतिफल दिनेछ। 

तुला 
तुला राशि हुनेहरुको लागि साउन महिना राम्रो रहनेछ । काममा पदोन्नति र नयाँ अवसरहरु मिल्न सक्छ भने व्यवसायबाट राम्रो लाभ र सफलता मिल्न सक्नेछ। शत्रुहरुमाथि बिजय प्राप्त हुनेछ। सुख र आनन्दको प्राप्तिका साथै राम्रो अन्न र वस्त्रको लाभ हुन सक्ने समस्या रहेको छ। नयाँ व्यवसाय सुरु गर्नको लागि उचित समय रहेको छ । 

वृश्चिक
वृश्चिक राशि हुनेहरुको लागि साउन महिना सामान्य रहनेछ । पारिवारिक सहयोग मिल्नेछ। छोटो यात्रा हुन सक्नेछ। कामबाट वा सामाजिक क्षेत्रबाट मानसम्मान मिल्न सक्ने समय छ। काम वा व्यवसायमा भने केहि अबरोध आउन सक्ने सम्भावना छ। अनावश्यक विवादमा फस्न सक्ने भएकाले गर्दा बोल्दा विचार पुर्याउनुपर्ने देखिन्छ।   

धनु 
धनु राशि हुनेहरुको लागि साउन महिना सामान्य रहनेछ । काममा अबरोध र व्यवसायमा घाटाको सामना गर्नुपर्ने हुनसक्छ भने विश्वास गरेकाहरुबाट पनि धोका हुन सक्ने भएकाले ध्यान दिनुपर्नेछ। नयाँ काम सुरु गर्न वा लगानीको लागि उचित समय रहेको छैन र पुरानै काममा अलिक धेरै मेहेनत गर्नुपर्ने रहेको छ। बोलीले गर्दा बन्न लागेको काम बिग्रिन सक्ने भएकाले बोल्दा विचार गर्नुपर्नेछ। 

मकर 
मकर राशि हुनेहरुको लागि साउन महिना मध्यम रहनेछ । काममा वा व्यवसायबाट सोचेको जस्तो आम्दानी गर्न सकिएला । आर्थिक क्षेत्रमा रहेका बाधाहरु पनि हट्नेछन्। परिवार वा आफन्तमा विवाद हुन सक्ने र शारीरिक अस्वस्थता हुन सक्ने रहेकाले गर्दा ध्यान दिनुपर्ने रहेको छ। साझेदारी कामबाट राम्रो फाइदा लिन सकिनेछ। पति वा पत्नीको सहयोगले महत्वपूर्ण काम बन्नेछ। 

कुम्भ 
कुम्भ राशि हुने हरुको लागि साउन महिना राम्रो रहन सक्नेछ । व्यापार व्यवसायमा राम्रो उन्नति हुन सक्ने र नोकरीमा पदोन्नति मिल्न सक्ने सम्भावना पनि रहेको छ। नयाँ कामको सुचारु गर्ने अवसरहरु पनि रहेका छन्। विवाद हुन सक्ने रहेकाले आफ्नो बोलीलाई नियन्त्रण गर्नुपर्नेछ। 

मीन 
मीन राशि हुनेहरुको लागि साउन महिना सामान्य रहनेछ। पराक्रममा वृद्धि र शत्रु माथि विजय प्राप्त हुन सक्ने रहेपनि काममा अवरोधको सामना गर्नुपर्ने हुन सक्ने भएकाले अलिक धेरै मेहनत गर्नुपर्ने छ। खर्चमा पनि केहि वृद्धि हुन सक्छ। आफ्नो बुद्धि महत्वपूर्ण काम सम्पादन गर्न सकिनेछ। सामान्य लगानीको लागि समय शुभ रहेको छ।

_________________________

साउन १ गते मङ्गलबार, आषाढ शुक्लपक्ष दशमी तिथि

मेष
दिन राम्रो छ। आकस्मिक लाभ हुनेछ। वैदेशिक क्षेत्रबाट फाइदा पुग्नेछ।

वृष 
लगानी उठ्ने देखिन्छ। व्यापार व्यवसायमा उन्नति हुने देखिन्छ। 

मिथुन 
दिन राम्रो छ। नसोचेको सम्पत्ति आर्जन हुनसक्छ। लगानीले  व्यापार व्यवसायमा उन्नति हुनेछ।

कर्कट
कामबाट उचित प्रतिफल तथा आत्मसन्तुष्टि नमिल्न सक्छ।  खर्च पनि बढ्न सक्छ। 

सिंह
कामको माध्यमबाट उचित पुरस्कार र सम्मान मिल्न सक्छ। आम्दानी पनि बढ्न सक्छ।  

कन्या
खर्च बढ्नेछ। काममा ढिलासुस्ती देखिने छ। साथीभाइबाट सहयोग पाउने योग छ।

तुला
 नयाँ काम धन्दामा लगानी गर्ने अवसर मिल्नेछ। पहिले गरिएका प्रयासहरु पनि सफल रहन सक्छन्। 

वृश्चिक
काममा स्थिरता नहुने र धनको खर्च बढ्न सक्ने समय छ। नजिकका बाट विश्वासघात तथा असहयोग हुन सक्छ। 

धनु
काममा ढिलासुस्ती हुनेछ। खर्च बढ्नेछ। व्यापार व्यवसाय गर्दा सचेत भएर लगानी गर्नुपर्नेछ।

मकर
आज तपाईंको गुमेको धन फिर्ता गर्न आउनेछ । नाम र कीर्ति बढ्ने काममा लगानी गर्न मन लाग्नेछ ।

कुम्भ
स्वास्थ्य राम्रो रहनेछ। मानसम्मान प्राप्त हुनेछ। खर्च बढ्नेछ।

मीन
आकस्मिक लाभ मिल्नेछ। पुरानो फसेको पैसा उठ्ने देखिन्छ।