आर्थिक वर्षको अन्तिम दिन नेप्सेमा करेक्सन, लगातार ४ दिनको वृद्धिपछि सूचक १७.१८ अंकले घट्यो


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आर्थिक वर्षको अन्तिम दिन नेप्सेमा करेक्सन, लगातार ४ दिनको वृद्धिपछि सूचक १७.१८ अंकले घट्यो

काठमाडौं : आर्थिक वर्ष २०८०/८१ को अन्तिम दिन सेयर बजारमा करेक्सन देखिएको छ । नेप्से सूचक सोमबार १७.१८ अंकले घटेको छ । यससँगै सूचक २२४०.४१ विन्दुमा आइपुगेको छ । नेप्से सूचकमा गिरावट आएपनि सेयर खरिदबिक्रीमा लगानीकर्ताको उत्साह जारी रहेको छ । यस दिन ८ अर्ब ७३ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । यसअघि लगातार ४ दिन सेयर बजार बढेपछि सोमबार ट्रेडरहरुले नाफा बुक गर्दा सूचकमा भने दबाब परेको हो ।

 

यद्दपि, विगत करिब ३ वर्षदेखि बियरिस चालमा रहेको नेप्सेले पछिल्लो केही समयदेखि दिशा परिवर्तनको संकेत गरिरहेको छ । पछिल्लो ११ वटा कारोबार दिनमा सेयर बजार २ दिन मात्र घटेको छ । यसबीचमा, नेप्से सूचक करिब २०० अंकले बढिसकेको छ । सूचक मात्र नभई सेयर कारोबार रकममा पनि उत्साहजनक वृद्धि भइरकेको छ । जसलाई सकारात्मक संकेतको रुपमा लिन सकिन्छ ।

Read More