विराटनगर । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीमण्डलमा दिपक खड्काले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् । सङ्खुवासभाका खड्का अर्बपति हुन् ।
खड्का दम्पतीको नाममा काठमाडौँको बुढानीलकण्ठ र संखुवासभामा घरजग्गा छन् । खड्काको जमिनमात्रै बुढानीलकण्ठ र चन्द्रागिरिमा २१ रोपनी दुई आना छ ।
संखुवासभामा उनको ५६ रोपनी जग्गा छ । विभिन्न नौ कम्पनीमा खड्का र उनकी पत्नीका नाममा करोडौँको सेयर रहेको बताइएको छ ।



