३१ असार, काठमाडौं । वाणिज्य बैंकहरूले आगामी साउन महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाएका छन् ।
सञ्चालनमा रहेका २० मध्ये दुई बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएका छन् भने १३ ले घटाएका छन् । बाँकी ५ बैंकको ब्याजदर स्थिर छ । असारमा बैंकहरुले व्यक्तिगत मुद्दतीमा दिएको औसत ब्याजदर ६.९१ प्रतिशत रहेकोमा साउनमा घटेर ६. ७३ प्रतिशतमा झरेको छ । सार्वजनिक सूचनामार्फत बैंकहरूले ब्याजदरसम्बन्धी जानकारी गराएका हुन् ।



