आर्थिक वर्षको अन्तिम दिन : कुल बजेटको ८०% खर्च, पूँजीगत खर्च ३७% ले कमी


  • Himalayan Bank Limited (HBL)
आर्थिक वर्षको अन्तिम दिन : कुल बजेटको ८०% खर्च, पूँजीगत खर्च ३७% ले कमी

चालू आर्थिक वर्ष २०८०/०८१ को अन्तिम दिन सोमबार हो । सरकारले आइतबारसम्ममा कुल बजेटमा ८०.४५ प्रतिशत मात्र खर्च गरेको छ ।

सरकारले चालू आवका लागि १७ खर्ब ५१ अर्ब रुपैयाँ बजेट छुट्याएको थियो । जसमा सरकारले आइतबारसम्ममा १४ खर्ब ८ अर्ब रुपैयाँको खर्च गरेको छ । गत वर्ष संघीय सरकारले १४ खर्ब २९ अर्ब रुपैयाँको बजेट खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले बताएको छ । 

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र नियमावलीको व्यवस्थाअनुसार सरकारले आर्थिक वर्षको मसान्तको दिन खर्च गर्न पाउँदैन। महालेखा नियन्त्रकको कार्यालयका अनुसार सोमबार हिसाब मिलानको काम मात्रै हुन्छ ।

Read More