काठमाडौं : गत वर्ष चीन बाहेक उदीयमान बजारहरुमा कुल पुँजी प्रवाह बढेर १ खर्ब १० अर्ब डलर पुगेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले जनाएको छ । आइएमएफले शुक्रबार प्रकासित गरेको बाह्य ऋेत्रको तथ्यांक अनुसार उक्त पुँजी प्रवाह उदीयमान देशहरुको समग्र आर्थिक उत्पादनको ०.६ प्रतिशत हो भने सन् २०१८ यताकै उच्च हो ।
मुद्रा, पुँजी प्रवाह र वित्तीय असंतुलन सम्बन्धी आइएमएफको बाह्य क्षेत्र प्रतिवेदनमा अमेरिकी ब्याजदरमा तीव्ररुपमा वृद्धि हुँदा पनि उदीयमान बजारहरुमा केही लचिलोपन देखिएको उल्लेख छ । जसका कारण उदीयमान बजारहरुको डलरमा आधारित सम्पतिहरुमा लगानी आकर्षित गरेको आइएमएफको प्रतिवेदनलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।



