काठमाडौँ । नेकपा एमाले र काँग्रेसको नयाँ सत्ता समीकरणमा एमालेका तर्फबाट बिष्णु पौडेल अर्थमन्त्री बन्ने निश्चित भएको छ । नयाँ सरकारमा एमाले र काँग्रेसबाट एक एकजना उपप्रधानमन्त्री रहने भन्ने प्रारम्भीक सहमति अनुसार पौडेल उपप्रधानसहित अर्थमन्त्री हुने निश्चितप्राय देखिएको हो ।
एमाले काँग्रेसको नयाँ सरकारमा गृहमन्त्रीमा काँग्रेसले दाबी गरिरहेको चर्चा चलिरहेको बेला अर्थ एमालेको भागमा पर्ने निश्चित देखिएको राजनीतिक विश्लेषकहरुको दाबी छ ।



