आजबाट एक भए साधना लघुवित्त र सबैको लघुवित्त, सम्पदा लघुवित्तको नामबाट एकीकृत कारोबार


  • Himalayan Bank Limited (HBL)
आजबाट एक भए साधना लघुवित्त र सबैको लघुवित्त, सम्पदा लघुवित्तको नामबाट एकीकृत कारोबार

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रक्रिया पूरा गरी आजबाट एकीकृत कारोबार शुरु गरेका छन् । 

नेपाल राष्ट्र बैंकले जेठ २९ गते यी दुई कम्पनीहरूलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेसँगै आइतवारदेखि सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु भएको हो । 

यी दुई कम्पनीबीच गत वैशाख १२ गते मर्जरका लागि अन्तिम सम्झौता भएको थियो । समान हैसियतमा एक भएका यी कम्पनीको चुक्ता पूँजी ७० करोड ८ लाख ५८ हजार रुपैयाँ कायम भएको छ । 

Read More