काठमाडौं, असार ३० । आइतबार धितोपत्र बजारमा कारोबार भइरहँदा (इन्ट्राडेमा) नेप्से परिसूचक २ वर्षकै उच्चतम विन्दुमा पुगेको छ । सेयर बजार खुलेको २ मिनेटमै नेप्से परिसूचक ८६ अंक बढेर २२९० पुग्यो । जुन अंक २८ वैशाख २०७९ यताकै उच्च हो ।
करिब करिब सर्किट ब्रेक लाग्ने अवस्थामा पुगेपछि बिक्रीमा चाप पर्न गयो । दिउँसो १ बजेसम्म नेप्से परिसूचक २२५० अंकमा कायम भएको छ । यो समयसम्म ४ अर्ब २४ करोडको कारोबार भयो ।





