११ महिनामा प्रतिबद्धताको १४.९९ प्रतिशत मात्रै भित्रियो विदेशी लगानी


  • Himalayan Bank Limited (HBL)
११ महिनामा प्रतिबद्धताको १४.९९ प्रतिशत मात्रै भित्रियो विदेशी लगानी

काठमाडौँ — चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धताको १४.९९ प्रतिशत मात्रै भित्रिएको छ । उद्योगको विभागको प्रतिबद्धता र नेपाल राष्ट्र बैंकको भित्रिएको रकमको तथ्यांक हेर्दा प्रतिबद्धता रकमको तुलनामा एफडीआई १५ प्रतिशत पनि भित्रिएको छैन ।

चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म ५४ अर्ब ८५ करोड ७८ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्यांक छ । यता, राष्ट्र बैंकको तथ्यांकमा खुद ८ अर्ब १६ करोड २२ लाख रुपैयाँ मात्रै एफडीआई भित्रिएको हो ।

Read More