नेपाल बीमा प्राधिकरणले चुक्तापूँजी नपुर्याउने बीमा कम्पनीहरुलाई कारबाही गर्ने भएको छ । यसअघि तोकिदिएको चुक्तापूँजी नपुर्याएको बीमा कम्पनीहरुको कुनै एउटा पोर्टफोलियो रोक्का गर्ने प्राधिकरणले बताएको छ ।
प्राधिकरणले बीमकको चुक्तापूँजी वृद्धि गर्ने नीति अनुसार गत असार मसान्तसम्मको लागि समय सिमा दिएको थियो । जीवन बीमकको हकमा ५ अर्ब र निर्जीवन बीमकको हकमा २ अर्ब ५० करोड चुक्तापूँजी पुर्याउन प्राधिकरणले निर्देशन दिएको थियो ।


