चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा वाणिज्य बैंकहरुले ५६ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकहरुले ११ महिनामा कुल ५६ अर्ब ४५ करोड ४ लाख रुपैयाँ नाफा कमाउन सफल भएका छन्। तथ्यांकअनुसार उनीहरुले जेठ महिनामा मात्रै ७ अर्ब ८४ करोड रुपैयाँ नाफा कमाएका हुन् ।
१० महिनामा ४८ अर्ब ६० करोड रुपैयाँ खुद नाफा गरेका वाणिज्य बैंकले ११ महिनामा ५६ अर्ब ४५ करोड रुपैयाँ नाफा गरेका छन् ।



