भुक्तानी नपाएपछि निर्माण व्यवसायी आन्दोलनमा


  • Himalayan Bank Limited (HBL)
भुक्तानी नपाएपछि निर्माण व्यवसायी आन्दोलनमा

रौतहट : निर्माण व्यवसायी संघ रौतहटले बिहीबार डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरमा अनिश्चतकालीन तालाबन्दी गरेको छ। 

डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले निर्माण व्यवसायीहरूले गरेको कामको भुक्तानी नदिएको भन्दै सडक डिभिजन कार्यालयमा अनिश्चतकालीन तालाबन्दी गरेका हुन। 

तालाबन्दी गरेपछि निर्माण व्यवसायीहरूले सडक कार्यालय अगाडि एक घण्टा राजमार्गमा समेत चक्काजाम गरेका थिए। काम पूरा भइसक्दा पनि डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले भुक्तानी नदिएपछि बाध्य भएर चक्काजाम गर्नु परेको संघ रौतहटका अध्यक्ष कृष्णदेव यादवले बताए।

Read More