यो वर्ष कालो सूचीमा पर्नेको संख्या ह्वात्तै बढेको छ।
कर्जा सूचना केन्द्रका अनुसार चालु वर्ष २०८०/८१ को हालसम्म ४५ हजार आठ सय २१ व्यक्ति तथा संस्था कालो सूचीमा थपिएका छन्।
नयाँ थपिएको यो संख्या विगत ३५ वर्षको कुल संख्याभन्दा पनि धेरै हो।
२०४६ सालमा स्थापित कर्जा सूचना केन्द्रले बैंक तथा वित्तीय संस्थाले दिने कर्जाको अभिलेख राख्ने र कर्जा कारोबारका सर्त उल्लंघन गर्नेलाई कालो सूचीमा राख्ने काम गर्छ। चालु वर्षमा थपिएकासँगै, २०४६ साल पुसदेखि हालसम्म कालो सूचीमा पर्नेको संख्या ८९ हजार ८ सय ९१ पुगेको हो।



