निक्षेप फिर्ता गर्न माग गर्दै रिले अनसन बस्दै आएका सहकारी पीडितहरूले झरीको बेलामा पनि अनसनलाई निरन्तरता दिएका छन्।
सरकारसँग भएका सझौता पालना हुनुपर्ने, बचतकर्ताहरूको बचत फिर्ता पाउनुपर्ने लगायतका माग राख्दै ४९ दिन अगाडिदेखि सुरु भएको अनसन अहिले पनि जारी रहेको हो।
निरन्तर झरी भइरहे पनि आफूहरूको अनसन काठमाडौंको शान्ति वाटिकामा जारी रहेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) का अध्यक्ष कुशलव केसीले बताए।


