धितोपत्र बजार पुँजीकरण २८ खर्ब, जेठ मसान्तसम्ममा ८६ अर्ब ८१ करोड बराबरको साधारण सेयर सूचीकृत


  • Himalayan Bank Limited (HBL)
धितोपत्र बजार पुँजीकरण २८ खर्ब, जेठ मसान्तसम्ममा ८६ अर्ब ८१ करोड बराबरको साधारण सेयर सूचीकृत

नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको तथ्यांकमा सेयर बजारको क्षेत्रमा भएको गतिविधिको तथ्यांक सार्वजनिक गरेको छ ।  

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८० जेठ मसान्तमा  धितोपत्र बजार पुँजीकरण २८ खर्ब ४४ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । जेठ मसान्तमा २०४२.०७ रहेको नेप्से सूचकाङ्क २०८१ जेठ मसान्तमा २११२.३० कायम भएको छ । २०८१ जेठ मसान्तमा धितोपत्र बजार पुँजीकरण ३३४९ अर्ब ४८ करोड कायम भएको छ। २०८० जेठ मसान्तमा बजार पुँजीकरण २९८६ अर्व २० करोड रहेको थियो । त्यस्तै,२०८१ जेठ मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७० पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०८० जेठमा सूचीकृत कम्पनीहरूको संख्या २५४ रहेको थियो ।

Read More