सरकारले चालु आर्थिक वर्ष सकिनेबेलासम्म पनि भुक्तानी नगरेको भन्दै निर्माण व्यवसायी आन्दोलनको तयारीमा जुटेका छन् । विहिवार राजधानीमा पत्रकार सम्मेलन गर्दै महासंघले प्रधानमन्त्री, अर्थमन्त्री लगायत सकारात्मक हुँदा हुँदै अर्थ मन्त्रालयका कर्मचारीका कारण व्यवसायीहरूको भुक्तानी नभएको संघको आरोप छ ।
निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तानी नभएपछि निर्माण उद्योगमा विकराल समस्या देखिएकाले आन्दोलनको तयारीमा जुटेकाे जानकारी दिएका छन् । महासंघका अध्यक्ष रवि सिंहले अस्थिर सरकारको मार निर्माण उद्योगले खेप्नु परेको बताए। उनले भने,‘ भुक्तानी नदिने कार्यालयमा अब क्रमशः तालाबन्दी सहित अन्य अवरोध सिर्जना गरिन्छ ।’


