रिलायन्स स्पिनिङ मिल्सको आईपीओ रोक्ने तयारी


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
रिलायन्स स्पिनिङ मिल्सको आईपीओ रोक्ने तयारी

काठमाडौं । भोलिदेखि निष्कासन हुने तय भएको रिलायन्स स्पिनिङ मिल्सको आईपीओ हाललाई रोक्ने तयारी भएको छ। 

कम्पनीको वित्तीय विवरणमाथि सार्वजनिक लेखा समितिले प्रश्न उठाएपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हाललाई आईपीओ रोक्ने तयारी गरेको हो । 

सेबोनका प्रवक्ता डा. नवराज अधिकारीले सार्वजनिक लेखा समितिलाई जवाफ पठाएपछि मात्र कम्पनीको आईपीओ निष्कासन अघि बढाउने विषयमा छलफल भइरहेको जानकारी दिए । आजै निष्कर्ष निकाल्ने गरी बोर्डमा छलफल भइरहेको भनाइ डा. अधिकारीको छ।

Read More