काठमाडौँ — राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीकै ‘आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था’ले रकम फिर्ता गर्न नसक्दा ५४ हजार बचतकर्ताको करिब ८ अर्ब रुपैयाँ जोखिममा परेको छ । बचतकर्ताकै उजुरीका आधारमा प्रहरीले गत बुधबार राष्ट्रिय सहकारी बैंक र आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष उप्रेतीलाई पक्राउ गरेको छ । उप्रेतीलाई बालाजु प्रहरी वृत्त हुँदै अहिले प्रहरी वृत्त महाराजगन्जमा राखिएको जिल्ला प्रहरी परिसरमा राखिएको छ ।


