भारतीय शेयर बजारले आज (१० जुलाई) का दिन फेरी नयाँ अलटाइम हाइ बनाएको छ। यस दिन कारोबार अवधिमा सेन्सेक्स ८० हजार ४८१ विन्दुमा पुगेको छ भने निफ्टी २४ हजार ४५९ विन्दुमा पुगेको छ।
यद्यपि, अहिले भने सेन्सेक्स १०० भन्दा बढी अंक घटेर ८० हजार २४० विन्दुमा कारोबार भइरहेको छ। त्यस्तै, निफ्ट २४ हजार ४१२ विन्दुमा कारोबार भइरहेको छ।
यस दिन त्यहाँको शेयर बजारमा अटो र पावर शेयरहरुमा वृद्धि देखिएको छ भने बैंकिङ्ग र आईटीको शेयरमा गिरावट देखिएको छ।





