नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारको आर्थिक अवस्था कमजोर रहेको बताएका छन्।
मंगलबार नेपाल राष्ट्र बैंकसँग महासंघले आयोजना गरेको मौद्रिक नीतिबारेको छलफलमा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्रका धेरै पक्ष बलियो भएपनि सरकारको आर्थिक पक्ष कमजोर भएको उल्लेख गरे।
"कोभिडको बेलामा सुविधा लिएको भनेर धेरै राष्ट्र बैंकलाई गाली पनि गरे तर त्यो बेला लिएको सुविधाले व्यवसाय बाचेको छ। नत्र त्यतिबेला नै व्यवसायको मृत्यु हुन्थ्यो होला। सुविधा दिनुको अर्थ अर्थतन्त्रलाई बचाउनु थियो। अर्थतन्त्रका केही पक्षहरु सबल छन्। फिजिकल साइट सरकारकै आफ्नै अवस्था कमजोर छ ।" उनले भने।


