मौद्रिक नीति बैंक र व्यवसायी दुवैलाई बचाउने सञ्जीवनी बुटी बन्नुपर्छः चन्द्र ढकाल


  • Himalayan Bank Limited (HBL)
मौद्रिक नीति बैंक र व्यवसायी दुवैलाई बचाउने सञ्जीवनी बुटी बन्नुपर्छः चन्द्र ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीति बैंक र व्यवसायी दुवै बचाउने सञ्जीवनी बुटी बन्नुपर्ने बताएका छन् । मंगलवार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग महासंघले आयोजना गरेको मौद्रिक नीतिबारेको छलफलमा बोल्दै अध्यक्ष ढकालले यस्तो सुझाव दिएका हुन् ।

उनले आगामी आर्थिक वर्षको मौद्रिक नीति व्यवसायी तथा वित्तीय क्षेत्रलाई बचाउने गरी सञ्जीवनी बुटी बन्नेगरी आउनुपर्ने बताए । 

‘सहकारी र लघुवित्तमा आएको समस्यापछिपछी गाउँगाउँमा कर्जा प्रवाह साँघुरिएको अवस्था छ । बैंक तथा वित्तीय संस्थासँगै व्यवसायलाई माथि उठाउने हिसाबले मौद्रिक नीति सञ्जीवनि बुटी बन्नुपर्छ ।’, अध्यक्ष ढकालले भने, ‘सबै व्यवसायीहरु खराब छैनन् । सबै ऋणी नियतबस डिफल्ट भएका होइनन् । वास्तवमै समस्यामा परेर कर्जाको सावाँ ब्याज तिर्न नसकेका हुन् ।’

Read More