काठमाडौँ । चालु आर्थिक वर्ष लुम्बिनी प्रदेश सरकारले ६६.१४ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय लुम्बिनीका अनुसार प्रदेश सरकारले चालुतर्फ ६२.३८ र पुँजीगततर्फ ६८.९३ प्रतिशत बजेट खर्च गरेको हो ।
लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । जसमध्ये असार २४ गते (चालु आर्थिक वर्षको भुक्तानीको अन्तिम दिन) सम्म २६ अर्ब ७७ करोड ३५ लाख ११ हजार २०३ रुपैयाँ ४० पैसा खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।



