विराटनगर : विराटनगरका अलगअलग स्थानबाट भारतीय तीन लाख १७ हजार रूपैयाँसहित सशस्त्र प्रहरीले सोमबार साँझ दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकजना भारतीय र एकजना नेपाली नागरिक छन् ।
भारतको जोगवनीबाट विराटनगर महानगरपालिका–१७ मटेरुवाहुँदै नेपाल प्रवेश गरेका विराटनगर–७ का २४ वर्षीय रोनक अग्रवाल साँझ ६ बजेतिर पक्राउ परेका थिए । अग्रवालाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
अग्रवाल प्रदेश १–०२–०५१ प १९३९ नम्बरको मोटरसाइकलमा सवार थिए । मोटरसाइकलमा शंकास्पद हिसाबले नेपालतर्फ आउँदै गरेका उनलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा साथबाट प्रतिबन्धित भारतीय नोट बरामद भएको सशस्त्र प्रहरी बल मोरङका निमित्त प्रमुख डीएसपी लोकनाथ उप्रेतीले जानकारी दिए ।



