बोल-कबोल प्रणालीबाट सेयर मूल्य कायम हुनु भनेकै मूल्य निर्धारण (प्राइस डिस्कभरी) हुनु हो।
तोकिएका योग्य संस्थागत लगानीकर्ताले बोल-कबोल प्रक्रियामा सहभागिता जनाएर दिने दरको आधारमा मूल्य कायम हुने प्रक्रियालाई बुक बिल्डिङ प्रक्रिया भनिन्छ।
योग्य संस्थागत लगानीकर्ताले बोल-कबोलमा पेस गरेको मूल्यका आधारमा धेरै मूल्य तोक्नेलाई सेयर बाँड्दै जाँदा, जुन मूल्यमा आइपुग्दा निस्कासन गरिएको सेयर सकिन्छ, त्यो 'कट अफ प्राइस' का रूपमा रहन्छ। यस्तो कट अफ प्राइसमा १० प्रतिशत घटाएर सर्वसाधारणलाई सेयर जारी गरिन्छ।



