२५ असार, काठमाडौं । ३ पुस २०८० मा होटल तथा पर्यटन क्षेत्रको सूचक हालसम्मकै उच्च बिन्दु ६०८८ अंक पुग्यो । समग्र सेयर बजार नै निराश अवस्थामा रहेकै बेला होटल तथा पर्यटन समूहले ऐतिहासिक रेकर्ड बनाएको थियो । अहिले यो समूहको सूचक ५५२९ अंकमा छ । अर्थात् उच्चतम अंकबाट ९.१ प्रतिशत झरेको छ ।
३० जेठमा माइक्रोफाइनान्स समूह सूचक १७ महिना (१५ माघ २०७९) यताकै उच्चतम बिन्दु ४७२४ मा पुग्यो । हाल यस समूहको सूचक ४६५६ मा छ । यो समूहको सूचक विगत सात महिना (१९ मंसिर २०८० ) यता करिब ४२ प्रतिशत बढिसकेको छ ।



