काठमाडौं । बढी क्षमताको विद्युतीय गाडी कम क्षमताको देखाएर कर छली गरेको आशंकामा बीवाईडी गाडीको विक्रेता साइमेक्स इंकमाथि अनुसन्धान तीव्र पारेको राजस्व अनुसन्धान विभागले ती गाडीको क्षमता जाँच्ने तयारी गरेको छ ।
अहिले कागजपत्रमाथि अनुसन्धान तीव्र पारिएको र गाडीको क्षमता बुझ्न प्राविधिक जाँच गर्न लागिएको अनुसन्धान अधिकारीहरूले बताएका छन् । ‘साइमेक्स इंकसँग थप कागजात मागिएको थियो, अहिलेसम्म सबै कागजात प्राप्त भइसकेको छ,’ आर्थिक अभियानसँगको कुराकानीमा ती अधिकारीले भने, ‘प्राविधिक जाँच यसै हप्ता गर्दै छौं ।’


