पुँजीगत खर्चमा सरकार पुरै असफल


  • Himalayan Bank Limited (HBL)
पुँजीगत खर्चमा सरकार पुरै असफल

काठमाडौं । आर्थिक वर्ष सकिन एक साता बाँकी रहँदासम्म सरकारले ५२ दशमलव २ प्रतिशत मात्र पुँजीगत (विकास खर्च) गर्न सकेको छ ।

वैदेशिक अनुदान र राजस्व संकलनमा पनि असफल

आव सकिन एक साताअगावै भुक्तानी रोकिनुपर्ने भएकाले सरकारको पुँजीगत खर्च क्षमता आधा मात्र रहेको स्पष्ट भएको छ ।

पुँजीगत खर्च नभएकै कारण बजार सुस्ताएको भनिरहँदा पनि सरकारले लक्ष्यनुसार राजस्व उठाउन नसक्दा सरकार तलब लिन र बाँड्न मात्र बसेको जस्तो देखिएको छ ।

चालू आवमा राजस्व उठाउन नसकेपछि पुँजीगत खर्च गर्न नचाहेको सरकारले विकास खर्च गर्न नसक्नुको अर्को कारण वैदेशिक सहायता लिन नसक्नु पनि हो ।

Read More