काठमाडौं : पाकिस्तानको कराचीस्थित ‘पाकिस्तान स्टक एक्सचेन्ज’ को भवनमा सोमबार आगलागी भएको छ । एक्सचेन्जको चौथो तल्लाबाट आगलागी सुरु भएको थियो भने हाल नियन्त्रणमा आइसकेको छ । आगलागीपछि केही समयका लागि एक्सचेन्जमा सेयर कारोबार रोक्का गरिएको रोयटर्सले उल्लेख गरेको छ । आगलागी सुरु हुनेबित्तिकै भवनबाट कर्मचारीहरुलाई बाहिर निकालिएको थियो ।



