प्रतिबद्धताको एक चौथाइ मात्रै वैदेशिक अनुदान


  • Himalayan Bank Limited (HBL)
प्रतिबद्धताको एक चौथाइ मात्रै वैदेशिक अनुदान

वैदेशिक सहायता परिचालनमा संघीय सरकार निकै कमजोर देखिएको छ।

प्रतिबद्धता अनुसार समयमा काम नगर्दा दातृ निकायहरूबाट प्रतिबद्धता प्राप्त गरेको धेरै अनुदान सरकारले पाउन सकेको छैन।

चालु आर्थिक वर्षको लागि सरकारले ४९ अर्ब ४० करोड रूपैयाँ अनुदान र दुई खर्ब १२ अर्ब ७५ रूपैयाँको सहुलियतपूर्ण ऋण प्रतिबद्धता पाएको थियो। सोही आधारमा चालु वर्षको बजेट स्रोतमा दुई खर्ब ६२ अर्ब १५ करोड रूपैयाँ वैदेशिक सहायताबाट बेहोर्ने उल्लेख गरिएको छ।

अहिलेसम्म जम्मा एक खर्ब १० अर्ब रूपैयाँ वैदेशिक सहायता प्राप्त भएको छ।

Read More