२४ असार, काठमाडौं । अब नेपाल धितोपत्र बोर्ड (सेबोन) का सदस्य, पदाधिकारी तथा सबै कर्मचारीले आफूसँग भएको धितोपत्र स्वघोषणा गरी पदमा रहुन्जेल दोस्रो बजारमा किनबेच गर्न नपाउने भएका छन् ।
धितोपत्र सम्बन्धी ऐन संशोधन गर्न बनेको नयाँ विधेयकमा सो विषय समेटिएको छ । बोर्डमा कुनै पदमा रहँदा हुने सेयर कारोबारले स्वार्थको द्वन्द्व हुने भएकाले यस्तो व्यवस्था संशोधित विधेयकमा गरिएको हो ।



