६ महानगरको पुँजीगत खर्च औसतमा ५० प्रतिशत मात्रै


  • Himalayan Bank Limited (HBL)
६ महानगरको पुँजीगत खर्च औसतमा ५० प्रतिशत मात्रै

काठमाडौँ — देशभरका ६ महानगरपालिकाले चालु आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा पनि औसतमा ५० प्रतिशत मात्र पुँजीगत खर्च गरेका छन् । काठमाडौं, ललितपुर, पोखरा, विराटनगर, भरतपुर र वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष सकिनै लाग्दा पनि औसतमा ५० प्रतिशतभन्दा कम मात्र पुँजीगत खर्च गरेको देखिएको छ । 

महानगरले आफू मातहतका वडामा स्रोत परिचालन गर्न नसक्नु, संघीय सरकारसँग स्थानीय तहको राम्रो समन्वय नहुनु, नियमित नगरसभा बैठक बस्न नसक्नु, बजेट पास गर्नमा ढिलाइ हुनु, नगरका विकास योजना पेस भएर पारित हुन समय लाग्नु, पारित भइसकेका आयोजनाको काम ढिला हुनु र समयमा भुक्तानी गर्न नसक्नुले पुँजीगत खर्चको प्रगतिमा सुधार हुन नसकेको जानकार बताउँछन् ।

Read More