काठमाडौँ । सरकारको आम्दानीभन्दा खर्च बढि देखिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ सकिन लाग्दा सरकारको आम्दानीभन्दा खर्च ३ खर्ब बढि देखिएको हो ।
सरकारी खर्च म्यानेज गर्न ऋणमाथि ऋण लिइरहेको सरकारले लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसक्दा आम्दानीभन्दा खर्च बढि देखिएको छ । यही कारण चालु आर्थिक वर्षको असार तेस्रो सातासम्म सरकारी खाता ऋणात्मक भएको छ ।



