काठमाडौंबाट १४ किलो चाँदीसहित ३ जना पक्राउ


  • Himalayan Bank Limited (HBL)
काठमाडौंबाट १४ किलो चाँदीसहित ३ जना पक्राउ

२३ असार, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १४ किलो २५० ग्राम चाँदीसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक २२ वर्षीय अमन कुमार, २६ वर्षीय विकीकुमार साह र सवारी चालक श्रवणप्रसाद कानु छन् ।

आइतबार ललितपुरबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको गाडीमा चाँदीका गरगहना राखेर अवैध रुपमा ल्याइँदै गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको ब्यूरोका एसपी होविन्द्र बोगटीले बताए ।

Read More