मुलुकभर बैंक तथा वित्तीय संस्थाको संख्या साढे ११ हजार - राष्ट्र बैंक


  • Himalayan Bank Limited (HBL)
मुलुकभर बैंक तथा वित्तीय संस्थाको संख्या साढे ११ हजार - राष्ट्र बैंक

मुुलुकभर बैंक तथा वित्तीय संस्थाहरूको कुल शाखा संख्या ११ हजार ५०० पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको बैशाख मसान्तसम्म लघुवित्तसहित ११० वटा वित्तीय संस्थाहरूको कुल शाखा संख्या ११ हजार ५२८ वटा पुगेको हो ।

सबैभन्दा बढी शाखा लघुवित्त वित्तीय संस्था र वाणिज्य बैंकहरुको छ। विकास बैंक र फाइनान्स कम्पनीहरुको शाखा संख्या तुलनात्मकरूपमा कम छन् । जसमध्ये वाणिज्य बैंकहरु ५ हजार ३२, विकास बैंकहरु १ हजार १३५, फाइनान्स कम्पनीहरू २८८ र लघुवित्त वित्तीय संस्थाहरु ५ हजार १११ वटा शाखाहरु सञ्चालनमा छन् ।

Read More