चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउनदेखि चैतसम्म) मा रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले २ करोड ६३ लाख २३ हजार रूपैयाँ खुद नाफा कमाएको छ।
कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणमा गत आर्थिक वर्षको यही अवधिको तथ्यांक प्रकाशित गरेको छैन।
कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमास र गत आर्थिक वर्ष अन्त्य असारको तथ्यांक सार्वजनिक गरेको हो।
यसले चालु आर्थिक वर्षको कम्पनीको नाफा निकै खुम्चिने देखिएको छ।
गत वर्षको असारमा यस कम्पनीले ९२ करोड ७८ लाख २१ हजार रूपैयाँ नाफा कमाएकोमा यो आर्थिक वर्षको तेस्रो त्रैमास सकिँदा पनि नाफा मात्रै २ करोड ६३ लाख २३ हजार छ।



