काठमाडौँ । शुक्रबारदेखिको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशभर बिजुलीको उत्पादन प्रभावित बनेको छ । शनिवार मात्रै देशभर ६४० मेगावाट क्षमताका जलविद्युत आयोजना प्रभावित बनेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।
यस्तै देशका केही स्थानमा बिजुलीको पोल तथा तारमा समेत क्षति पुगेको प्राधिकरणको भनाई छ । प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले शनिवार आएको बाढीले देशभरका ६४० मेगावाट क्षमताका जलविद्युत आयोजनाको उत्पादन प्रभावित बनेको बताए । तर यो क्षति सामान्य खालको भएको घोषको भनाई छ ।



