११ महिनामा पौने १६ अर्ब रुपैयाँकाे फलाम तथा इस्पातका उत्पादन निर्यात


  • Himalayan Bank Limited (HBL)
११ महिनामा पौने १६ अर्ब रुपैयाँकाे फलाम तथा इस्पातका उत्पादन निर्यात

काठमाडौँ — चालु आर्थिक वर्षको ११ महिनामा १५ अर्ब ८१ करोड ८७ लाख रुपैयाँ बराबरको फलाम तथा इस्पातका उत्पादन निर्यात भएको छ । गत आर्थिक वर्ष सोही अवधिमा ९ अर्ब ८९ करोड ९६ लाख रुपैयाँ बराबरको फलाम तथा इस्पातका उत्पादन निर्यात भएको थियो ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष फलाम तथा इस्पातका उत्पादनको निर्यात ५९.८ प्रतिशतले बढेको व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रले जनाएको छ ।गत आर्थिक वर्षभर कुल १० अर्ब ८२ करोड रुपैयाँको फलाम तथा इस्पातका उत्पादन निर्यात भएको थियो ।

Read More