काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज असार २८ गते प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन् । सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेकपा एमालेले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।
कांग्रेससँगको सत्ता सहकार्यको सहमतिसँगै नेकपा एमाले सरकारबाट बाहिरिसकेको छ । सरकारमा सहभागी दलहरुमध्ये कुनै दलले आफ्नो समर्थन फिर्ता लिएपछि संविधानको धारा १०० को उपधारा २ बमोजिम ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान छ ।


