प्रहरीद्वारा भारतीयको फ्ल्याटमा छापा, सुन, सुन गाल्ने मेसिन र ५० लाख रूपैयाँसहित पाँच जना पक्राउ


  • Himalayan Bank Limited (HBL)
प्रहरीद्वारा भारतीयको फ्ल्याटमा छापा, सुन, सुन गाल्ने मेसिन र ५० लाख रूपैयाँसहित पाँच जना पक्राउ

प्रहरीले सुन र सुन गाल्ने मेसिन तथा नगद ५० लाख रूपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ । शुक्रबार भारतीय नागरिकको फ्ल्याटमा छापा मार्दै ललितपुर प्रहरीले उक्त सामाग्री बरादम गरेकाे हाे ।

प्रहरीले भारतको महाराष्ट्र आडवारी थाना स्थायी घर भएका तर हाल ललितपुरको ताल्छिखेलका २८ वर्षका युवराज विभुते र भारतीय नागरिक २० वर्षका बिक्रम यलवर पक्राउ गरेकाे हाे । यस्तै, १८ वर्षका भारतीय नागरिक अभिषेख विभुते, भक्तपुरको सूर्यविनायक नगरपालिका–१ बिरुवा घर भएका २० वर्षका सिद्धान्त चौलागाईं र ललितपुरकै महालक्ष्मी नगरपालिका–८ का २० वर्षका यसवन्त सुनार पनि पक्राउ परेका छन् ।

Read More