निर्जीवन बीमा कम्पनीहरुले गरेको गैरकानूनी धन्दामा नियामक निकाय नै आँखा चिम्लिएपछि थप बेथिति मौलाउने संशय पैदा भएको छ ।
निर्जीवन कम्पनीहरुबीच देखिएको गैरकानूनी तथा अस्वस्थ्य प्रतिस्पर्धामा नियामक नेपाल बीमा प्राधिकरणले नियमित नियमन नगर्दा समस्याले विकराल रुप लिने सम्भावना बढेको सरोकारवालाहरुले बताएका छन् ।
निर्जीवन बीमा कम्पनीहरुमा अहिले क्यास ब्याक अफरको विकृति उत्कर्षमा रहेको छ । यस प्रकारको विकृतीले निर्जीवन बीमा बजार नै अस्वस्थ्य प्रतिस्पर्धामा धकेलिरहेको बीमा सम्बद्ध जानकारहरुले बताएका छन् ।


