काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले महिला उद्यमीलाई सहयोग गर्न बैंकलाई अनुरोध गरेका छन् । न्यू बिजनेश एज प्रालिको आयोजनामा काठमाडौंमा भइरहेको न्यूबिज बिजनेश वुमन समिट एण्ड अवार्डस् २०२४ मा उनले उक्त कुरा बताएका हुन् ।
‘रिस्क (जोखिम) नै नहेरिकन र एनालाइसिस (विश्लेषण) नै नगरीकन दिनुस् भनेको होइन । तर, एउटा जेनुन बैंकएबल उद्यमी बन्न खोज्छ र कसैले स्टार्टअप गर्न खोजिराछ भने त्यो सानो अमाउन्टको सहयोगले त्यो ऋणले कोही इन्टरप्रेनर बन्छ भन्ने यहाँहरूको पनि योगदान हुन्छ,’ उनले भने ।



