९० भन्दा कम नेटवर्थ भएका कम्पनीलाई निष्काशन अनुमति नदिने भने पनि नेपाल धिताेपत्र बाेर्डले छानी छानी त्यस्तै कम्पनीलाई निष्काशन अनुमति दिएकाे छ। लामो समय अध्यक्षविहीन रहेको धिताेपत्र बोर्ड (सेबोन)ले सार्वजनिक शेयर निष्काशन अनुमति दिन थालेको हाे ।
निवर्तमान बोर्ड अध्यक्ष रमेश हमाल बाहिरिएपछि रोकिएको सार्वजनिक निष्काशन अनुमति गत असार ७ गतेदेखि पुनः थालेको हो ।
गत पुस २० गते तत्कालीन धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालकाे पदावधि सकिए यता कुनै पनि कम्पनीले सार्वजनिक निष्काशन अनुमति पाएका थिएनन्। त्यस यता गत असार ७ गते हिमालयन ऊर्जा विकास कम्पनीको हकप्रद स्वीकृत गर्दै अवरुद्ध निष्काशन प्रक्रिया बोर्डले पुनः खुला गरेको हो। बोर्डले हिमालयन ऊर्जा विकास कम्पनीलाई एक बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन अनुमति दिएको हो। हिमालयन ऊर्जाले हकप्रद निष्काशनको लागि बुक क्लोज समेत गरिसकेको छ ।
सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया लम्बिएपछि अहिले अर्थ मन्त्रालयका प्रतिनिधि नरेन्द्रकुमार रानाले अध्यक्षको हैसियतमा काम गरिरहेका छन् । अर्थ समितिको हवाला दिँदै बोर्डले बुक बिल्डिङ प्रक्रियामा रहेका कम्पनी, प्रिमियममा शेयर निष्काशन अनुमति मागेका कम्पनी र ९० भन्दा कम नेटवर्थ भएका कम्पनीलाई भने सार्वजनिक निष्काशनको स्वीकृति नदिने बताएको थियो । बोर्डका प्रवक्ता एवम् कार्यकारी निर्देशन डा. नवराज अधिकारीले मेरो लगानीसँग कुरा गर्दै बोर्डले ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीलाई सार्वजनिक स्वीकृति नदिने भने पनि धमाधम स्वीकृति दिन थालेकोे हो । बुधबार मात्रै बोर्डले आँखुखोला जलविद्युत कम्पनीलाई १ बराबर १.५ को अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न दिएको हो । बोर्डले हकप्रद निष्काशन अनुमति दिएको आँखुखोला जलविद्युत कम्पनीको नेटवर्थ ६९ रुपैयाँ ४४ पैसा मात्रै छ ।



