सेयरमा राजनीतिको छाया, ६७.७८ बिन्दुले बढ्यो नेप्से


  • Himalayan Bank Limited (HBL)
सेयरमा राजनीतिको छाया, ६७.७८ बिन्दुले बढ्यो नेप्से

काठमाडौं– यो साता राजनीतिमा आएको परिवर्तनले सेयर बजार प्रभावित भएको छ । साताभरको सेयर कारोबारमा परिसूचक ६७.७८ अंकले बढेको छ । समग्रमा यो ३.३० प्रतिशतको वृद्धि हो ।

अघिल्लो दुई हप्ता क्रमशः ४४ र १६ गरी जम्मा ६० अंकले घटेको बजार यो साता भने २११९.७० अंकमा पुगेको छ । गएको सोमबार राति नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति भएको थियो । दुई ठूला दलबीच स्थिर सरकार निर्माण गर्ने र निर्वाचन प्रणालीलगायत विषयमा संविधान संशोधन गर्ने सहमति भएबाट बजारमा सकारात्मक प्रभाव परेको हो ।

कारोबार रकमको हिसाबले यो हप्ताको अन्तिम कारोबार दिन बिहीबार ६ अर्ब ४८ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यो रकम असार ७ पछिको उच्च हो । अहिल्लो हप्ताको तुलनामा बजार पुँजीकरण १ खर्ब ८ अर्बले बढेर यो हप्ता ३३ खर्ब ६२ अर्ब रुपैयाँ नाघेको छ ।

Read More