घरजग्गाको कारोबारमा झिनै भए पनि सुधार आउन थालेपछि बैंक तथा वित्तीय संस्थाहरूलाई केही राहत पुगेको छ।
आर्थिक वर्ष अन्त्य नजिकिँदै गर्दा वर्षभरीको नाफा घाटाको हिसाब निकाल्न लागेका बैंकहरूलाई बढ्न थालेको घरजग्गाको कारोबारले केही राहत दिने देखिएको हो।
'साना–साना जग्गाको किनबेच बढ्न थालेकोले केही सजिलो हुन थालेको सबैजसो बैंकरहरूले भनिरहनु भएको छ,' नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने।



