दर्जन मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम


  • Himalayan Bank Limited (HBL)
दर्जन मन्त्रालयको पुँजीगत खर्च  ४० प्रतिशतभन्दा कम

काठमाडौँ — चालु आर्थिक वर्ष सकिन १० दिन मात्र बाँकी रहँदा दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम छ । सरकारले पुँजीगत खर्चमा बढोत्तरी ल्याउन अनेक प्रयास गरेको दाबी गरिरहँदा विकासे मन्त्रालयहरूकै पुँजीगत खर्च न्यून छ । चार मन्त्रालयको खर्च २० प्रतिशत पनि कट्न सकेको छैन । 

महालेखा नियन्त्रकको कार्यालयका अनुसार सबैभन्दा कम खर्च गर्नेमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय छ । यस मन्त्रालयका लागि चालु आर्थिक वर्षमा २३ करोड ४४ लाख विनियोजन भएकामा २ करोड २१ लाख ३४ हजार रुपैयाँ मात्र खर्च भएको छ । अर्थात् ९.४४ प्रतिशत मात्र खर्च भएको हो । २० प्रतिशत पनि खर्च नकटाउने मन्त्रालयमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक, सञ्चार तथा सूचना प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति छन् । यी मन्त्रालयको पुँजीगत खर्च क्रमशः १०.५०, ११.५८ र १६.९७ प्रतिशत मात्र छ ।

Read More