बचतकर्ता आएनन् ‘म्याचुअर्ड’ ११ करोड लिन


  • Himalayan Bank Limited (HBL)
बचतकर्ता आएनन् ‘म्याचुअर्ड’ ११ करोड लिन

काठमाडौं : आम सर्वसाधारणले किनेका वैदेशिक रोजगार बचत पत्र र नागरिक बचतपत्रको पाकेको सावाँ तथा ब्याज वर्षौंदेखि लिन आएका छैनन्। सरकारले आन्तरिक ऋणका लागि सर्वसाधारणबाट उठाएको उक्त ऋणपत्रमा अझै १० करोड ७७ लाख रुपैयाँबराबरको सावाँ तथा ब्याज लिएका छैनन्।

केन्द्रीय बैंक मौद्रिक व्यवस्थापन विभागका कार्यकारी निर्देशक पीताम्बर भण्डारीका अनुसार हालसम्म नागरिक बचतपत्रमा आवेदन दिएकामध्येबाट हालसम्म ९ करोड ८६ लाख रुपैयाँ हाराहारी र वैदेशिक रोजगार बचतपत्रमा करिब ९१ लाख २० हजार रुपैयाँबराबरको सावाँ तथा ब्याजको रकम भुक्तानी हुन बाँकी छ। यसैले सावाँ परिपक्व भएर पनि लिन नआइसकेको र गत जेठ मसान्तसम्म पाकेको ब्याजको भुक्तानी लिन अनुरोध गरेको उनले बताए। कार्यकारी निर्देशक भण्डारी भन्छन्, ‘यसपछिको भुक्तानी सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमार्फत हुन्छ। जेठ मसान्तअघिको समयअवधि सकिएको बाँकी सावाँ तथा ब्याज भुक्तानीमात्रै राष्ट्र बैंकले गर्ने हो। यस अवधिको सावाँ, ब्याज पाकेको बराबरको रकम सरकारबाट केन्द्रीय बैंकले पाइसकेको छ।

Read More