पश्चिमा राष्ट्रको आर्थिक प्रतिबन्धका बीच रुस उच्च आय भएको अर्थतन्त्रमा बढुवा


  • Himalayan Bank Limited (HBL)
पश्चिमा राष्ट्रको आर्थिक प्रतिबन्धका बीच रुस उच्च आय भएको अर्थतन्त्रमा बढुवा

काठमाडौं : युक्रेन युद्धका कारण रुस विरुद्ध पश्चिमी राष्ट्रहरुले विभिन्न आर्थिक प्रतिबन्ध लगाएपनि देश उच्च आय भएको अर्थतन्त्रमा बढुवा हुन सफल भएको छ । विश्व बैंकले देशहरुको आय वर्गीकरणको आफ्नो पछिल्लो सूची प्रकासन गर्दै रुसलाई उच्च–मध्यम आय भएको अर्थतन्त्रबाट उच्च आय भएको अर्थतन्त्रमा बढुवा गरेको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।

विश्व बैंकले हरेक जुलाई १ मा अद्यावधिक गर्ने देशहरुको आय वर्गीकरण अघिल्लो वर्षको प्रतिव्यक्ति कुल राष्ट्रिय आम्दानी (जीएनआई) मा आधारित हुन्छ । जीएनआईलाई एटलस विधि प्रयोग गरेर अमेरिकी डलरमा व्यक्त गरिन्छ । प्रत्येक देशमा, आर्थिक वृद्धि, मुद्रास्फीति, विनिमय दर र जनसंख्या वृद्धि जस्ता कारकहरुले प्रतिव्यक्ति एटलस जीनआईको स्तरलाई प्रभाव पार्न सम्जे विश्व बैंकको ब्लगलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।

Read More