मौद्रिक नीतिमा लगानीकर्ताका दर्जन सुझाव : मार्जिन कर्जा हटाउनुपर्ने देखि जोखिम भार घटाउपर्नेसम्म


  • Himalayan Bank Limited (HBL)
मौद्रिक नीतिमा लगानीकर्ताका दर्जन सुझाव : मार्जिन कर्जा हटाउनुपर्ने देखि जोखिम भार घटाउपर्नेसम्म

पूँजीबजार सम्बद्ध चार वटा संगठनले नेपाल राष्ट्र बैंकलाई आगामी मौद्रिक नीतिमा समेट्नुपर्ने  एक दर्जन सुझाव दिएका छन् । ती लगानीकर्ता संगठनले आगामी दिनमा मौद्रिक नीति मार्फत धितोपत्र बजारलाई बलियो बनाउनका लागि  सुझाव दिएका हुन् ।

बिहीबार केन्द्रीय बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषय पेस गर्न आग्रह गरेपछि नेपाल शेयरधनी संघ, जनरल इन्भेस्टमेन्ट एशोसिएशन, नेपाल धितोपत्र लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघ नेपालले संयुक्त रुपमा विभिन्न सुझाव दिएका हुन्।

Read More